बैशाख १३, २०८१ बिहीबार

प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१, झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२, अर्जुनधारामा १, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १, इलामको चुलाचुली र रोङमा १–१, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]