काश्मीर मामिलामा मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीइ समयअनुसार आज राति ८ बजे काश्मीर मामिलालाई लिएर देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सो कुरा भारतको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
भारतले गएको सोमबार काश्मीरलाई भारतका विलय गराउँदा भएको सहमति अनुसार संविधानमा व्यवस्था गरिएको धारा ३७० खारेज गरेको थियो । सो धारा खारेजपछि अहिले क्षेत्रीय रुपमा पाकिस्तान र चीनले असन्तोष प्रकट गरिरहेका छन् भने बाँकी विश्वले लाइन अफ कन्ट्रोल (एलओसी)मा शान्ति कायम राख्न आग्रह गरिरहेका छन् ।
काश्मीर भित्रै र भारतका अन्य भूभागमा पनि सरकारको कदमलाई लिएर पक्ष र विपक्षमा मत प्रकट भइरहेको छ । काश्मीर भित्रै भने सरकारले सञ्चार सम्पर्क विच्छेद गरी नेताहरुलाई नजरबन्दमा राखेको छ । यो पृष्ठभूमिमा मोदीले आज के भन्नेछन् भने चासो स्वयं भारत र उसका छिमेकीहरुमा पनि छ । (एजेन्सी)