मंसिर १२, २०७८ आईतबार

कार्तिक २८ देखि बालबालिकालाई फाइजरको खोप

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ अर्थात् आइतबार १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई लगाइने भएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म दिने भएको छ । खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट