बैशाख ८, २०८१ शनिबार

फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाइने

बिर्तामोड । सरकारले कोभ्याक्स सुविधा अनुसार अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप कात्तिक २८ देखि पुस ४ गते सम्म लगाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी १२ देखि १७ वर्ष उमेर समूहका दीर्घ रोगीलाई खोप दिइने निर्णय भएको जनाएको छ । दोस्रो मात्रा खोप मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने छ ।
१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्चरक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनलीसम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।

महाशाखाका खोप शाखा प्रमुख डा. सागर दाहालले देशभर २४ खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानमा अस्पतालले वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान आग्रह गरे । ५० हजार दीर्घरोगीलाई खोप लगाउने जनाएको महाशाखाले १८ वर्ष माथिका खोप लगाउन छुटेका दीर्घरोगीले समेत मंसिर ५ देखि ७ गतेसम्म लगाउन सकिने गरी योजना बनाएको जनाएको छ । खोप शाखा प्रमुख डा. दाहालले मानइस ८० डिग्री सेल्सियसमा राखिएको यो खोप अल्ट्रा कोल्डचेनबाट निकालेको ३१ दिनसम्म २ देखि ८ डिग्री सेल्सियसमा राखेर लगाउन सकिने बताए ।

जमेर रहेको खोपलाई घोलेर लगाउनु पर्ने हुन्छ भने एक भाइलबाट ६ जनालाई लगाउन सकिन्छ । ९५ प्रतिशत सुरक्षित मानिएको फाइजरको खोप कोभ्याक्स कार्यक्रममार्फत १ लाख ६ हजार २० डोज नेपाल आएको थियो । यसैबीच सरकारले खरिद गरेको फाइजरको ६० लाख डोज खोप डिसेस्बरमा आइसक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]