बैशाख २०, २०८१ बिहीबार

नक्कली मल बनाउने ठाउँमा सुरुङा प्रहरीको छापा, दुई पक्राउ

कनकाई । झापाको सुरुङामा नक्कली मल फेला परेको छ । प्रहरीले नक्कली मल बनाउने ठाउँबाट नक्कली पोटास बरामत समेत गरेको छ ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित तिलक पौडयालको घरबाट नुनमा रातो माटो मिसाएर बनाएको नक्कली पोटास बरामत गरेको छ । विक्रीका लागि तयारी अवस्थामा राखिएको १६ बोरा तयारी नक्कली पोटास बरामत गरिएको सुरुङा प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले केहि बोरा नुन र रातो माटो , बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा फेला पारेको छ । सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा विक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटास समेत फेला परेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घरपछाडिबाट नक्कली पोटास बनाउदै गरेको अवस्थामा रङ्गेहात फेला पारेको हो । सिविलमा गएको प्रहरीलाई देख्नासाथ नक्कली पोटास बनाउने ४ जनाको समुह भागेको थियो । प्रहरीले घरधनी, अटोरिक्सा चालक समेत रहेका तिलक पौडेल र नक्कली मल विक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ ।

भट्टराई कृषि भण्डारबाट झापा तथा पहाडका जिल्लाहरुमा रासयनिक मलहरु निर्यात हुँदै आएको थियो । उक्त पसलबाट नक्कली मल आफै बनाएर विक्री भएको थाहा हुनसाथ कृषकले विरोध प्रदर्शन गरेका छन् । यता, प्रहरीले नक्कली मल बनाउने गिरोहको पहिचान भइसकेकोले सबैलाई पक्राउ गरि कार्वाही हुने इलाका प्रहरी सुरुङ्गाका प्रमुख जिम्बाले जानकारी दिए ।

नक्कली मल बनाउने गिरोहले बषौदेखि सुरुङ्गाका अटोरिक्सावालालाई मोटो रकम दिएर काममा लगाउने गरेको प्रहरी अनुुसन्धानबाट खुलेको छ । नक्कली मल बनाउने गिरोहले मासिक तलव दिएरै मल बनाउन वेरोजगार युवालाई परिचालन गर्ने गरेको पाइए छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]