बन्द गर्दै हिड्ने बिप्लवका ७ कार्यकर्ता बुधबारेबाट पक्राउ
बिर्तामोड । जबर्जस्ती बन्द गर्दै हिड्ने नेकपा बिप्लव समुहका कार्यकर्तालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
झापाको बुधबारेबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार जबर्जस्ती बन्द गर्दै हिडेका कारण उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
नेकपा बिप्लव समुहले आज देशभर मूल्य वृद्धिको बिरोधमा बन्दको आव्हान गरेको छ । झापामा बन्दको सामान्य प्रभाव परेको छ ।