जेष्ठ ६, २०८२ सोमबार

राप्रपा एकता महाधिवेशन मङ्सिर १६ देखि १८ गतेसम्म

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ । यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको उक्त अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ । अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एकलाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ । सक्रिय सदस्य थप हुनेक्रम जारी छ ।

प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]