बैशाख १४, २०८१ शुक्रबार

ब्रेललिपीबाटै दृष्टिबिहीन राजवंशीले सके डिग्री

बिर्तामोड । अपांगता भएका नागरिकको अधिकारका लागि क्रियाशिल दृष्टिबिहीन दिल कुमार राजवंशीले दूई विषयमा स्नाताकोत्तर (डिग्री) सकेका छन् । झापा हल्दिवारी–४ का राजवंशीले बुबाआमाले ज्याला मजदुरीबाट भएको सहयोग र केहि दाताको सहयोगमा ब्रेललिपीको प्रयोगबाटै डिग्री सकेका हुन् ।

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट उनले पोलिटिक साइन्स् र सोसियोलोजीमा डिग्री गरेको जानकारी दिएका छन् । २५ वर्षीय राजवंशी अपांगता भएर झापामा डिग्री गर्ने कमै व्यक्तिमध्येमा पर्छन् । हल्दिवारीको महेन्द्र माविबाट अध्ययन जीवन शुरु गरेका उनले विरेन्द्र मावि चन्द्रगडीबाट स्नातक सकेका हुन् ।

त्यो बेलाको एसएलसी उतिर्ण गरुञ्जेलसम्म विशेष शिक्षकसँग अध्ययन गरेको जानकारी दिए । स्नातक तह अध्ययनका लागि क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले समेत सहयोग गरेको थियो । कोठाभाडाको मासिक शुल्कका लागि बिर्तामोडका व्यवसायी प्रमिश हलुवाईले सहयोग गरेको राजवंशीको भनाई छ ।

राजवंशी अपांगता भएका व्यक्तिलाई मुल प्रभाहमा ल्याउन नेतृत्व गर्ने उनको आगामी लक्ष्य रहेको सुनाएका छन् । हाल हल्दिवारी अपांगता उत्थान समूहको अध्यक्ष, नेत्रहिन युवा संघ झापाको सचिव, आदिवासी जनजाति नेत्रहिन संघ झापाको कार्यसमिति सदस्य, पाथिभरा कालिका सामुदायिक वन जलथलको सदस्य र अविरल नाट्य समूह जलथलको अध्यक्ष रहेर जिम्मेवारी सम्हालिरहेका छन् । उनी रेडियो भिजनमा ‘हामी पनि सक्छौ’ कार्यक्रमका प्रस्तोता समेत हुन् ।

स्थानीय तहमा अपांगता भएका नागरिकको मुद्दा ओझेलमा परेको बताउँदै आएका राजवंशीले विकास निर्माणमा आफुहरुलाई सहभागिता नगराएका आरोप लगाएका छन् । उनले अपांगता भएका नागरिकको मुद्दालाई उचित सम्बोधन गरिनुपर्ने माग गरेका छन् ।

विपन्न परिवारका सदस्य दिल कुमार एक्लो छोरा हुन् । तिन दिदी बहिनी र एक छोरामध्ये उनी दृष्टिबिहीन हुन् ।

प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]