जेष्ठ ६, २०८१ आईतबार

कोरोनाको प्रभावले अर्जुनधाराधामको आम्दानीमा गिरावट

इन्द्र कुमार राई

अर्जुनधारा । पूर्वको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल अर्जुनधारा जलेश्वर धामको आम्दानी घटेको छ । विशेष गरी साउने पर्व, महाशिवरात्री र बालाचतुर्दशीका दिन श्रद्धालुभक्तजनहरुबाट प्राप्त हुँदै आएको आर्थिक सहयोग विगत वर्षहरुभन्दा पछिल्लो वर्षहरुमा ह्वात्तै घटेको छ ।

कोरोना भाइरसको महामारीका कारण धाममा आन्तरिक र बाह्य भक्तजनहरुको आवागमन कम भएकाले आम्दानीमा गिरावट आएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

धामका कार्यलय सचिव विष्णु प्रसाद भट्टराईले दिएको पञ्चवर्षीय आर्थिक विवरण अनुसार आर्थिक वर्ष ०७६÷७७ सालको धामको आम्दानी ७६ लाख ६९ हजार १३१ रुपैयाँ र खर्च ७१ लाख ३२ हजार ६ सय ४ रुपैयाँ भएको थियो ।
आर्थिक वर्ष २०७७-७८ को कात्तिक मसान्तसम्म आम्दानी ४५ लाख ५५ हजार ६ सय ४५ रुपैयाँ ६२ पैसा र खर्च तर्फ ४४ लाख १०६ रुपैयाँ भयो । चन्दादाता तथा भक्तजनहरुबाट संकलन गरिने आम्दानी ०७३ र ७४ मा ५९ लाख १५ हजार ५ सय रुपैयाँ र खर्च ३५ लाख ४४ हजार ५९० रुपैयाँ भएको थियो ।

त्यस्तै, ०७४-७५ को आम्दानी ९० लाख ४२ हजार ९३५ रुपैयाँ र खर्च ४९ लाख ७२ हजार १०८ रुपैयाँ भएको थियो । ०७५ ÷७६ मा धामको आम्दानी ७४ लाख ५७ हजार ९९५ रुपैयाँ र खर्च ६६ लाख ६८ हजार १६ रुपैयाँ रहेको थियो । धामको गुरु योजना अनुसार धाम समितिका अध्यक्ष नविन गट्टानीले जग्गा विस्तारका लागि मुल मन्दिरकोे दक्षिणपट्टी सिमाना १० कठ्ठा जमिन खरिद गर्ने प्रतिबद्धता गरेका छन् । धामको लगभग ५ विगाह जमिन पुर्याइने बताइएको छ ।

मन्दिरको दक्षिण शनिदेव मन्दिर, पूर्व–दक्षिणमा अत्याधुनिक घेरावारा निर्माण गरिएको र मुल मन्दिरको दक्षिण क्षेत्रमा अनुमानित ६० लाख लागतमा १०८ पेगोडा आकारमा शिवलिंग र गौरी (पार्वती) मन्दिर निर्माणको क्रममा छ । आगामी दिनहरुमा गुरु योजना अनुसार भौतिक संरचना बनाइने बताइएको छ ।

जलेश्वरधामलाई नेपाल सरकारले पर्यटन तथा सांस्कृतिक मन्त्रालयले ०७५ सालबाट राष्ट्रिय सम्पदामा सूचिकृत गरिसकेको छ । धामका मुख्य पुजारी अग्नीप्रसाद सिग्देलले आगामी मंसिर १० गतेदेखि १७ गतेसम्म ३९ औं श्रीमतभागवत महापुराण सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]