जेष्ठ ७, २०८१ सोमबार

बम विस्फोटले क्षति भएको वडा कार्यलयमा काम प्रभावित

बिर्तामोड । आज विहान झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट हुँदा काम कारवाही प्रभावित भएको छ ।


गरामनीमा रहेको ७, ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको थियो । बम विस्पोटबाट ६ वटा झ्याल, २ वटा दराज, २ टेवल, ५ वटा कुर्सी र १ थान कम्प्यूटरमा क्षति पुगेको वडाध्यक्ष जंग बहादुर कार्कीले जानकारी दिए । कार्यलयमा भएको क्षतिको कारण आजको काम कारवाही प्रभावित भएको उनको भनाई छ । उनका अनुसार आज कार्यालयको सरसफाई गरिने छ । अध्यक्ष कार्कीले भने– फर्निचरमा क्षति भएपनि कागजात सुरक्षित नै छन् ।


प्रहरीका अनुसार विस्फोट आज बिहान साढे चार बजेको आसपासमा भएको हो । विस्फोटमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हात हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार  १२ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]