जेष्ठ ६, २०८१ आईतबार

मेची सहकारीका सदस्यलाई सदस्य शिक्षा तथा वित्तीय साक्षरता

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक क्यालेन्डर अनुसार बिर्तामोडमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

संस्था परिचय शीर्षकमा सहजीकरण गर्दै सिइओ बगालेले बिर्तामोडको सुन्दर सामुदायिक साकोससँग एकीकरण भएपछि मेची बहुउद्देश्यीयले पहिलो बृहत् सहकारी शिक्षा सञ्चालन गरेको जनाउँदै एकीकरण बारेमा जानकारी नपाएका सदस्यहरुलाई हामी कसरी मेचीको सदस्य भयौं भन्नेसम्मको अवगत गराउन भ्याए ।

सो कार्यक्रममा सिइओ बगालले मेची सहकारी समयको पालक रहेको, ९० प्रतिशत वित्तीय कारोबार गरिरहेको अवगत गराए । संस्थाले आफ्ना कामहरु व्यवस्थित गर्न २१ वटा नीति बनाएर कार्यान्वयनमा लगिसकेको र अब ५ वटा थपिँदै गरेको उनको भनाई छ । संस्थाले २५ वर्षे व्यवसायिक योजना बनाएर लक्ष्य प्राप्ति गरिसकेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत बगालले अब १० वर्षे रणनीतिक योजनाअनुसार कार्यान्वयनमा जाने जानकारी दिए ।

सदस्यहरु निस्कृय भए भने सिङ्गो संस्था डामाडोल हुन्छ भन्ने अवगत गराउँदै उनले संस्थामा सञ्चालित बचत कार्यक्रमका बारेमा बिस्तृतमा प्रस्तुति गरेका थिए। ‘अहिले सञ्चालनमा रहेका बचत कार्यक्रमहरु अनुपयुक्त लागेमा, नीति तथा कार्यक्रमहरु चित्त नबुझेमा हामीलाई सुझाब दिनोस्, हामीले सच्याउन सक्ने सच्याएर र कार्यान्वयन गर्न सक्ने कुरा गरेर सिङ्गो संस्थामा थप सुधार गर्छौं’ प्रमुख कार्यकारी अधिकृत बगालेको भनाई थियो । बाँच्ने दिनसम्म बचत गर्नु अनिवार्य र आवश्यक छ भन्ने मान्यतालाई आत्मसाथ गरी नियमित बचत गर्ने बानीको विकास गर्न उनको सुझाव थियो ।

बिर्तामोड सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक उत्तम खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा यसको औचित्यमाथि संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रममा उनले ‘पहिले संस्थाको सदस्य बन्नुभन्दा पहिले पूर्व सहकारी शिक्षा दिइन्थ्यो तर अहिले चाहिँ सदस्य बनेपछि दिन थालिएको’ बताए । संस्थाको बारेमा जतिधेरै जानकारी दिइयो, शिक्षा प्रवाह गरियो उत्तिनै संस्था अब्बल बन्छ, बन्दै जान्छ भन्ने अवगत गराउँदै अध्यक्ष भट्टराईले यही कारण सहकारी सदस्य शिक्षा प्रवाह गरिएको जानकारी गराए ।
उनले मेची सहकारीमा सेयर सदस्य बन्नुभन्दा पहिले नै यस्तो तालिम दिने विगतको परम्परालाई परिमार्जन गरी अब सदस्य बनेपछि तालिम दिन थालिएको अवगत गराए । पछिल्लो दुई वर्षदेखि संस्थामा सदस्य बन्ने अवधि खुल्ला गरिएको जानकारी दिँदै लक्ष्मी दाहालले कोभिड सन्त्रासको कारणले तालिम सञ्चालनमा ढिलाई भइरहेको बताए ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]