जेष्ठ ७, २०८१ सोमबार

महेन्द्र रत्न माविलाई ‘डम्पिङ साइड’ नबनाउन चेतावनी

बिर्तामोड । महेन्द्र रत्न मावि बिर्तामोडलाई फोहोर फाल्ने ‘डम्पिङ साइड’ नबनाउन आग्रह गरिएको छ ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शिवाकोटीले नमूना विधालय बनाउने तयारी भइरहेको समयमा ‘डम्पिङ साइड’ बनाउने प्रयास भइरहेको बताए । उनले शिक्षा क्षेत्रका लागि शिक्षक घनश्याम डाँगी फोहोर भएको संकेत गरेका छन् ।

सोमवार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिले विवादित शिक्षक डाँगीलाई षडयन्त्र मुलक ढंगले विधालयमा हाजिर गराएर विधालयलाई ‘डम्पिङ साइड’ बनाउन खोजेको आरोप लगाए । उनले शिक्षा समिति, व्यवस्थापन समिति र अभिभावक संघसँग कुनै आधिकारिक निर्णय नगरी विवादित शिक्षकलाई विधालय प्रवेश गराएको बताएका छन् । अर्जुनधारा–६ स्थित लक्ष्मी माविमा कार्यरत डाँगी विवादकै कारण त्यहाँबाट बाहिरिएका हुन् । उनले सो विधालय नैतिकताको आधारमा छोडेर सरुवा प्रक्रियामा गएको स्थानीय अभिभावकको भनाई छ ।

महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले विवादित शिक्षकलाई संरक्षण गरेर विधालय भित्र गलत आचरणको व्यक्तिलाई प्रवेश गराएको आरोप लगाएका छन् । उनका अनुसार डाँगी लक्ष्मी माविमा रहँदा शिक्षा क्षेत्रको हित विपरित काम गरेका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले शिक्षक डाँगीलाई कुनै हालतमा स्वीकार नगर्ने बताए । उनले भने, डाँगीको श्रीमति माया गौतम योग्य भएकाले स्वीकार गरिसकेका छौ, तर डाँगीजीलाई अस्विकार गर्छौ ।

विधालयमा २ महिनादेखि कार्यरत प्रधानाध्यापक खरेलले आफ्नो प्रवेशसँगै राजनीति पनि प्रवेश गराएको व्यवस्थापन समितिको ठहर छ । जिल्लामा उत्कृष्ट विधालयको तथ्याङकमा रहेको महेन्द्र रत्न माविलाई नमूना विधालय बनाउने अभियान संगठित रुपमा षडयन्त्रको प्रयास भएको बताइएको छ ।

प्रअ खरेलले व्यवस्थापन समिति र नगर शिक्षा समितिलाई समेत अटेरी गरेर जवरजस्ती डाँगीलाई हाजिर गराएको अभिभावक संघका अध्यक्ष छविलाल विश्वकर्माले जानकारी दिए । उनले विधालयमा मनोमानी शुरु भएकाले यसको संरक्षणमा लागि दवाव शुरु गरेको बताए । अहिलेसम्म शान्तिपूर्ण रुपमा विधालयमा शैक्षिक गतिविधि चलिरहेको थियो, डाँगीको प्रवेशसँगै तनाव प्रारम्भ भएको छ । प्रअले समेत गलत भूमिका शुरु गरे ।

आन्दोलन समितिले डाँगीलाई तुरुन्त काज फिर्ता गराउनु पर्ने, विधालय निरिक्षक नेत्र खरेललाई सरुवा गर्नुपर्ने, नमूना विधालयको अवधारणा अनुसार शिक्षण हुनुपर्ने र प्रधानाध्यापक खरेलले पदबाट राजीनामा दिनुपर्ने माग राखेको छ । समितिले माग पुरा नभइञ्जेलका लागि प्रशासनमा तालावन्दी समेत गरेको छ ।

सो समितिले गलत आचरण भएका शिक्षक डाँगीलाई निरिक्षक खरेलले संरक्षण गर्न महेन्द्र रत्न मावि ल्याएको र त्यहि कार्यमा प्रअले साथ दिएको व्यवस्थापन समितिका श्री सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार  ७ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]