जेष्ठ ७, २०८१ सोमबार

बिर्तामोडमा निर्माणाधिन होटलमा चोटपटकसहित सेक्यूरिटी गार्डको शव फेला

बिर्तामोड । बिर्तामोड–४ मा निर्माणाधिन द्वारिका होटलमा आज विहान शव फेला परेको छ । सो शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । शव विहान ७ बजे फेला परेको प्रहरीको भनाई छ ।


निर्माणाधिन होटलको पूर्व तर्फ रहेको १ तलेघरको बरण्डामा शिवाकोटीको शव फेला परेको थियो । शरिरभरी चोटैचोट रहेको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख थापाले जानकारी दिएका छन् । उनका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा डेढ इञ्ज चोट छ भने आँखामा रगतको टाटैटाटा बसेको छ । चिउँडोमा निलडाम, घाँटीमा चोट, छातीको दाहिने भागमा ३ इञ्चको निलडाम, हात र खुट्टमा निलडाम देखिएको प्रहरीले जानकारी दिए ।


होटलमा ३ दिनदेखि गार्डको रुपमा कार्यरत शिवाकोटी अविवाहित व्यक्ति हुन् । उनी कनकाई सेक्यूरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएको बुझिएको छ । शवको पोष्टमार्टका लागि घोपा लगिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार  ११ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]