बैशाख ६, २०८१ बिहीबार

एमाले केन्द्रीय सदस्य राजवंशीलाई सम्मान

बिर्तामोड । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हरि राजवंशीलाई सम्मान गरिएको छ । बाह्रदशी गाउँपालिका वडा नं. ५ ले दोस्रो पटक निर्वाचित राजवंशीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी हरि राजवंशीले पार्टीलाई एक ढिक्का बनाउदै सुदृढ एमाले बनाउन कुनै कसर बाँकी नराख्ने बताए । वडा कमिटीले सम्मान गरेकोमा आभार प्रकट गर्दैै केन्द्रीय सदस्य राजवंशीले बाह्रदशीको विकासमा प्रदेशदेखि केन्द्रसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्मान कार्यक्रममा नेकपा एमाले बाह्रदशीका अध्यक्ष बुद्धराज कार्की, वडाध्यक्ष बिरेन राजवंशी, वडाध्यक्ष भुपेन्द्र कटुवाल, क्षेत्रीय कमिटी सदस्य शेरबहादुर तामाङ, जिल्ला कमिटी सदस्यहरु ओमनारायण राजवंशी, तोया पोखरेल , प्रदेश कमिटी सदस्य पदम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

५ नं. वडा कमिटीका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब गोपाल देउजाले गरेका थिए भने स्वागत अनिल सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार  २ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]