जेष्ठ ४, २०८२ शनिबार

गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

गुजरात । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको छ । डेल्टा भेरियन्ट भन्दा पनि बढी खतरनाक मानिएको ‘ओमिक्रोन’ छिमेकी राष्ट्र भारतमा पनि फैलिन सुरु गरिसकेको छ ।

केही दिन अगाडि मात्रै भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट दुई संक्रमित भएका थिए । त्यस्तै गुजरातको जामनगरमा पनि थप एक जना ओमिक्रोन संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति दुई दिन अगाडि मात्रै जिम्बाब्वेबाट भारत आएका भारतीय अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको बताइएको छ ।

यसरी संक्रमितहरु भेटिन थालेपछि महाराष्ट्रबाट मात्रै ३० जनाको ओमिक्रोन परीक्षणका लागि नमूना पठाइएको बताइएको छ । जहाँ विभिन्न देशका करिब ३ हजार यात्रुहरु आएका त्यहाँका अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]