जेष्ठ ६, २०८१ आईतबार

झापामा अलैंचीका विभिन्न परिकार उत्पादन गर्ने पहिलो उधोग सञ्चालन

बिर्तामोड । नेपालमा अलैंचीबाट विभिन्न परिकार उत्पादन गर्ने उधोग स्थापना भएको छ । झापाको अर्जुनधारास्थित कप्तानबारीमा एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज स्थापना भएको हो । यसले अलैंचीबाट विभिन्न परिकारहरु उत्पादन गर्ने कम्पनीका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

अलैंचीबाट गुणस्तरीय उत्पादन गरी विश्व बजारमा नेपाली अलैंचीका परिकार पुर्याउने योजना रहेको अध्यक्ष भट्टराईको भनाई छ । सो कम्पनीकोे उद्घाटन सोमबार ब्राण्ड एम्बास्डर अभिनेत्री स्वातिका खड्काले गरेकी हुन् । लामो समयदेखि व्यवसाय गर्दै आएका झापाका व्यवसायीहरु निर्मल भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको संयुक्त लगानीमा कम्पनी सञ्चालनमा ल्याइएको हो । कम्पनीमा ७ करोडको लगानी गरिएको बताइएको छ ।

दैनिक खानपिनमा आवश्यक पर्ने स्वादिष्ट परिकार बनाइने जानकारी दिइएको छ । उधोगबाट उत्पादित अलैंचीको परिकारलाई पेय पदार्थको स्वाद सुगन्धमा समेत उपभोग गर्न मिल्ने बनाइने बताइएको छ । रक्तचापलाई सन्तुलन राख्ने, ब्याक्टेरिया संक्रमणबाट प्रतिरक्षा गर्ने, शारिरीक उर्जामा अभिवृद्धि गर्दै छालामा चमक सुन्दरता ल्याउने , श्वासलाई स्वच्छ बनाउने जस्ता परिकार बनाइने अर्का सञ्चालक संजिव घिमिरेको भनाई छ ।

सो उधोग स्थापना भएपछि किसानलाई समेत राहत पुग्ने विश्वास गरिएको छ । माउन्टेन पल्र्स, अलैंची पाउडर, अलैंची दानालगायतका अलैंचीका परिकारको उत्पादन गरिने छ । माउन्टेन पल्र्स, मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैंची बीजलाई केसरको साथमा मिसाएर तयार पारिएको छ । माउथ फ्रेस्नरको रुपमा प्रयोग गर्न मिल्ने पल्र्सले पाचन प्रक्रियामा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने बताइएको छ ।

मिजाज अलैंची पाउडरलाई मसलाको रुपमा शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने छ । मिजाज अलैंची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]