जेष्ठ ६, २०८१ आईतबार

जुकेखाडी सामुदायिक वनद्वारा सम्मान

शनिश्चरे । जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना २०७१ लाई खारेज गरिसकेको हुँदा सामुदायिक वनले उपभोक्ताहरुलाई दाहसंस्कारमा दाउरासम्म दिन गाह्रो परेको बताएका छन् ।
अर्जुनधारा नगरपालिका –३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २६ औं स्थापना दिवस तथा उपभोक्ता मेलालाई प्रमुख अतिथि रुपमा सम्बोधन गर्दै मास्केले यस्तो बताएका हुन् । वैज्ञानिक वन व्यवस्थापन कार्यदल गठन गरिएको तर कार्ययोजना लागू नभएको उनको भनाई छ ।

मास्केले झापामा रहेको १० वटा सामुदायिक वन मध्ये जुकेखाडी सामुदायिक वनले बिगतमा धेरै राम्रा–राम्रा काम गरेको भन्दै प्रशंसा गरे । समूहको मुख्य आम्दानी हुने स्रोत वन पैदावर भएको उनको भनाइ थियो । उपभोक्ता भेलामा समूहका अध्यक्ष झरिन्द्र खडकाले २०७७÷०७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा संयोजक शंकर घिमिरेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनिला जवेगु इङनामले आव ०७८÷७९ को अनुमानित बार्षिक बजेट प्रस्तुत गरेकी थिईन् ।

सोही अवसरमा उपभोक्ता समूहमा योगदान पु¥याउने बम बहादर कार्की , गितादेवी खनाल र मिठु देवी ढकाललाई सम्मान गरिएको थियो । त्यसैबीच उपभोक्ता समूहका विपन्न वर्ग उमा दर्जी, चित्रबहादुर कार्की , कमला राई, उदय नारायण अधिकारी, प्रेम विक काशीलाल चौधरी ,पर्शुराम नेपाल लगायत ६२ जनालाई जनही १-१ थान जाडोमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गरिएको समूहका सचिव नर्वदा दियालीले जानकारी दिइन् ।

खड्काको सभापतित्वमा भएको उपभोक्ता भेला कार्यक्रममा डिभिजन वन कार्यालय सुरुङ्गाका अधिकृत दिनेशकुमार यादव, अर्जुनधारा नगरपालिका – ३ का वडाध्यक्ष जीवन भण्डारी, समूहका पूर्व अध्यक्ष दिव्य कट्टेल , उपाध्यक्ष नविनकुमार ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]