काँकरभिट्टा नाकाबाट चार महिनामा ५ करोडको कोदो आयात, जाँडमा पनि परनिर्भर
बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट ५ करोड १५ लाखको कोदो आयात भएको छ । काँकरभिट्टा नाकाबाट ०७८ को पहिलो चौमासिकमा मात्रै १६१० मेट्रिक टन कोदो आयात भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
विशेष गरि जाँड र ढेँडोमा प्रयोग हुने कोदो भारतबाट आयात भइरहेको छ । नेपाली उत्पादनले बजारको माग धान्न नसकेपछि व्यवसायीहरु भारतीय बजारबाट कोदो आयात गरिरहेका छन् । पहाडी जिल्लामा बाँदरबाट जोगाउन नसक्दा उत्पादनमा कमि आइरहेको छ ।

कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ बिज्ञ सालिकराम भट्टराईका अनुसार जिल्लामा ९५० हेक्टरमा कोरो लगाइने गरिएको छ । उनले छिटपुट बाहेक कोदो जाँड बनाउनका लागि अधिकतम प्रयोग गर्ने गरिएको जानकारी दिए । तथ्याङक अनुसार जाँडका लागि पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन ।