बैशाख ३०, २०८१ आईतबार

अर्जुनधाराको सिंहबाहिनीमा सप्ताह महापुराण

इन्द्रकुमार राई

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित सिंहबाहिनी देवी भद्रकाली शक्तिपीठ मन्दिरको २० औं बार्षिक अनुष्ठान श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ बुधबारदेखि शुरु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि एवम् अर्जुनधारा नगरपालिका – ४ का वडाध्यक्ष दुर्गाप्रसाद दाहालले पानसमा दिप प्रज्वलन गरेर महापुराणको उद्घाटन गरेका हुन् ।

त्यस्तै मन्दिर समितिका सदस्य तिलक भट्टराईले गल्ला उद्घाटन गरेका थिए भने दिनेश काफ्लेले धान्याचल पर्वतको उद्घाटन गरेका थिए । प्रमुख कथावाचक आचार्य केबलकृष्ण अधिकारी र उपवाचक आचार्य बासुदेव खनाल रहने महापुराण २८ गते समापन हुने बताइएको छ । मन्दिर समितिका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षता तथा शक्तिपीठका सदस्य सुरेन्द्र खोयाहाङको संचालनमा भएको उद्घाटन कार्यक्रम विशिष्ट अतिथि दाहाल, दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकनाथ अधिकारी , दुर्गा पाञ्चायन मन्दिरका अध्यक्ष छविलाल लम्साल , शक्तिपीठका उपाध्यक्ष तिलक बस्नेत , सल्लाहकार देवराज बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]