बैशाख ८, २०८१ शनिबार

घाँस काट्न गएका भुजेल जामुनखाडी सिमसार क्षेत्रमा मृत फेला

बिर्तामोड । गत मंसीर २७ गतेदेखि हराइरहेका ७८ वर्षीय वृद्ध सुरुङाको जामुनखाडी सिमसार क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले कनकाई –२ का कृष्ण बहादुर भुजेललाई बुधबार मध्यान्नतिर मृत अवस्थामा फेला पारेको हो ।

घरबाट घाँस काट्न भनेर हिडेका भुजेल घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेका हुन् । भुजेल फेला परेको ठाउँमा हात्तीले कुल्चिएको जस्तो देखिएको प्रहरीको भनाई छ । मृत अवस्थामा फेला परेका भुजेलको करङ समेत भाँचिएको देखेपछि हात्तीले नै मारेको हुन सक्ने अनुमान गरिएको छ । घोप्टो परेको अवस्थामा फेला परेका भुजेललाई पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपर पठाइएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भुजेलको हात्तीकै आक्रमणबाट मृत्यु हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]