जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारामा नव युवा क्लवद्वारा सामुदायिक भवन निर्माण

इन्द्रकुमार राई

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका वडा नं. ४ र ७ को संयुक्त नव युवा क्लबले सामुदायिक भवन निर्माण गरिरहेको छ । सभा, गोष्ठी र तालिम गर्ने ठाउँ अत्यावश्यक परेकोले सामुदायिक भवन निर्माण गरिएको बताइएको छ ।

क्लबद्वारा शनिबार आयोजित पाँचौं बार्षिक साधारणसभामा भवन निर्माण समितिका सचिव तुलसी श्रेष्ठले जानकारी गराएका हुन् । श्रेष्ठ अनुसार १०० फिट लम्बाइ , ४४ फिट चौडाइको सभा हल, माथि टिन ट्रस र प्यासेजबाहेक ४० फिट लम्बाइ , १२ फिट चौडाइ रहने क्लबको कार्यालय , स्टोर रुम , शौचालय भएको ५ कोठे भवन निर्माणको क्रममा छ ।

३३ देखि ३५ लाख रुपैयाँसम्म अनुमानित लागत लाग्ने भवन निर्माण ३ प्रतिशत काम भइसकेको र ५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । अर्जुनधारा नगरपालिका – ७ का वडाध्यक्ष नवराम ढुंगाना (नविन) को प्रमुख आतिथ्यता भएको साधारणसभामा क्लबका अध्यक्ष देवेन्द्र मैनालीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी बर्षसम्ममा सामुदायिक भवन निर्माण सम्पन्न गर्न विशेष जोड दिदै १२ वटा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै लेखा समिति संयोजक मान बहादुर बुढाथोकीले आर्थिक बर्ष ०७७/०७८ को आयव्यय प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक बर्षमा १ लाख २५ हजार ५१६ रुपैयाँ आम्दानी र १ लाख १२ हजार ९०५ रुपैयाँ खर्च भएको छ ।

०७८ साउन १ गते देखि मंसिर ७ गते सम्म क्बलको ४ लाख १२ हजार ६४६ रुपैयाँ आम्दानी र ३ लाख २ हजार १६ रुपैयाँ खर्च भएको छ । सो अवसरमा स्थानीय विकास मगरलाई क्लबको आजीवन सदस्यता प्रदान गरिएको छ । मैनालीको सभापतित्व तथा सचिव पूर्ण बहादुर भुजेलको संचालनमा भएको साधारणसभामा प्रमुख अतिथि ढुंगाना, वडा परिषद् सदस्य देवकुमार राई , समाज उद्धार कल्याण संघका महासचिव मेदनीप्रसाद ढुंगेल, समाजसेवी दुर्गाप्रसाद न्यौपाने , क्लबका उपाध्यक्ष देवकी न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष ४, २०७८ आईतबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]