बैशाख १४, २०८१ शुक्रबार

मिस प्रोविन्स वान २०२१ को उपाधि कृतिलाई

बिर्तामोड । मिस प्रोविन्स वान २०२१ को उपाधि झापा बिर्तामोडकी कृति भट्टराईले हात पारेकी छिन् । ड्रिम्स ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिले आयोजना गरेको प्रतियोगिताको छैटौं संस्करणको उपाधि १८ बर्षीया भटट्राईले हात पारेकी हुन् ।

प्रदेश नम्बर १ को सबै भन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा रहेको मिस प्रोविन्स वान की बिजेता भट्टराई हाल बिर्तामोड आर्दश स्कूल अफ होटल म्यानेजमेन्टमा अध्ययनरत छिन् । सानै उमेर देखि मोडलिङ र नृत्यमा रुची राख्ने भट्टराई भविष्यमा मिस नेपाल बन्ने लक्ष्य रहेको उनले बताएकी छिन् । प्रतियोगिताको फ्रस्ट रनरअप बिर्तामोडकी बिप्सा खरेल बनेकी छिन् । २० बर्षीया विप्सा हाल कञ्चनजंघा एफ एममा समाचार बाचकको रुपमा कार्यरत छिन ।

त्यसै गरि प्रतियोगिताको सेकेण्ड रनरअप सुनसरीकी मनिला ढकाल बनेको आयोजक संस्थाका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिएका छन् । २० बर्षीया ढकाल हाल स्नातक तहमा अध्ययरत रहेकी छिन् । बिजेताहरुले नगद ५० हजार पुरस्कार सहित १ बर्षका लागि कम्पनीमा आबद्ध भई काम गर्ने अवसर पाएका छन् । बिजेता तिनै जना कन्याममा सञ्चालनमा आउन लागेको डोको द रिर्सोट को ब्राण्ड एम्बासेडर घोषित भएको प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : पुष ४, २०७८ आईतबार  २ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]