जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारा अपाङ्गता समाजको अध्यक्षमा पुनः रेग्मी

अर्जुनधारा । झापा अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजको अध्यक्ष पदमा पुनः खेमप्रसाद रेग्मी सर्वसम्मत चयन भएकाछन् । समाजद्वारा आइतबार स्थानीय पितृ भवनमा आयोजित तेस्रो नगर अधिवेशनबाट रेग्मी पुन अध्यक्ष पदमा चयन भएका हुन् ।

नव गठित कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद चिमरिया, सचिबमा लिलाजङ् थापा, सहसचिबमा दिपेन्द्र काफ्ले र कोषाध्यक्षमा उर्मिला रिमाल (कार्की ) चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा केबल बानियाँ , माया निरौला , डिल्लीराम घोर्साइँ र कौशिला रेग्मीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक रमेश त्रिखत्रीले जानकारी दिए । समितिको कार्यकाल ३ बर्षे रहने बताइएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले अधिवेशनको उद्घाटन गरेका थिए ।

सोही अवसर पारेर नगरपालिकाको सहयोगमा नगर क्षेत्र भित्र अपाङ्ग भएका विष्णुलाल कामी , स्नेहा कार्की , मिलन दाहाल , विरु कार्की , सविन शिवाकोटी , बोध बहादुर तामाङ ,ठाकुरसिंह गुरुङ , जगेश्वरी कन्दङवालाई प्रतिव्यक्ति १-१ थान ह्वील चेयर गरिएको थियो ।त्यस्तै हेम नेपाल , सुष्मा ढुंगेल , माया निरौलालाई १-१ थान सेतो छडी र केबल बानियाँ , भूपेन राईलाई १-१ थान बैशाकी वितरण गरिएको संस्थाका सहसचिव दिपेन्द्र काफ्लेले जानकारी दिए ।

अधिवेशन सत्रमा संस्थाका अध्यक्ष खेम प्रसाद रेग्मीले संगठानिक बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष उर्मिला कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख राना , नगरपालिकाका उपमेयर कमला खतिवडा ( आचार्य ) , वडा नम्बर ७ का वडाध्यक्ष नवराम ढुंगाना ( नवीन) , नेपाली कांग्रेस नगर उपसभापति चतुर्भूज काफ्ले , सामुहिक उद्धार तथा उपकार संघका अध्यक्ष विशाल शिवाकोटी , विर्तामोड अपाङ्गता समाजका पदम अधिकारी , डिल्ली घोर्साइँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष ५, २०७८ सोमबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]