बैशाख २५, २०८१ मंगलबार

बुधबारे जेसीज ५ विधामा पुरस्कृत

बुधबारे । झापाको बुधबारेमा रहेको बुधबारे जेसीज वर्ष २०२१ मा विभिन्न ५ विधामा नेपाल जेसीजबाट पुरस्कृत भएको छ ।

पुस १ देखि ४ गतेसम्म पोखरा जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनमा बुधबारे जेसीज थप दुई विधामा पुरस्कृत भएको छ । ‘मस्ट आउटस्टेनडिङ लोम हुइथ मेक्सिमम एक्टिभिटी अफ द इयर’, ‘आउटस्टेनडिङ कोभिड १९ इनिटिएटिभ प्रोग्राम अवार्ड एरिया ए’ बाट पुरस्कृत भएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिएका छन् । यस अघि बुधबारे जेसीजले पहिलो त्रैमासिक उत्कृष्ट पुरस्कार, ‘लङ ट्रम विजनेस सेक्टर पोग्राम अवार्ड एरिया ए’ र ‘वेस्ट अवारनेस इनिटिएसन प्रोग्राम एरिया ए’ बाट पुरस्कृत भईसकेको थियो । साथै ४८ औँ राष्ट्रिय महाधिवेशनका क्रममा बुधबारे जेसीजले भवन निर्माणका लागि नेपाल जेसीजबाट एक लाख रुपैँया प्राप्त गरेको छ ।

यस वर्ष बुधबारे जेसीजले शाखामा ८४ वटा कार्यक्रम सम्पन्न गर्दै २३ लाख रुपैँया संकलन गरेर भवन निर्माण गरिरहेको छ । बुधबारे जेसीजले यस वर्षबाट सुभारम्भ गरेको लागू औषध न्यूनिकरण अभियान अत्यन्त्यै प्रभावकारी देखिएको छ । यस अभियान सुभारम्भ भएयता बुद्धशान्ति गाउँपालिकामा जेसीज, स्थानीय निकाय र प्रहरीसँगको सहकार्यमा २१ जना लागू औषध कारोवारी पक्राउ, ३७ जना सुधारकेन्द्रमा र लागू औषधको जोखिममा रहेका २० जना बालवालिका काउन्सीलिङ गरी परिवारको जिम्मा लगाइएको छ । व्यवसाय प्रवद्र्धन अभियान र आहा स्कुल कार्यक्रम पनि यस वर्ष प्रभावकारी देखिएका छन् । वर्ष २०२१ मा १२ वटा विभिन्न तालिम, दुई एनजिओ सहित दुई दर्जन संघसंस्थासँग सहकार्य गरी विभिन्न गतिविधि गरेको बुधबारे जेसीजमा युवाको आकर्षण थप बढ्न थालेको छ ।

पोखरामा सम्पन्न भएको नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनमा बुधबारे जेसीजको तर्फबाट यस वर्ष २४ जनाको सहभागिता रहेको थियो । सहभागिताका हिसावले महाधिवेशनमा बुधबारेको उपस्थिति अहिले सम्मकै धेरै हो ।

प्रकाशित मिति : पुष ६, २०७८ मंगलबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]