जेष्ठ ६, २०८१ आईतबार

उपभोक्ता संरक्षण महासंघ प्रदेश १ गठन

दमक । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन भएको छ ।

दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ समिति गठन गरिएको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेका छन् । समितिको उपाध्यक्षमा लक्की सिटौला, सम्झना खतिवडा, सचिवमा श्रवणकुमार महतो र सदस्यहरुमा यामप्रसाद भण्डारी, सुर्यबहादुर बस्नेत, सुनिल बोहोरा, सुरेन्द्र खनाल, शिव दास रहेकाछन् ।

समितिको दमकमा बसेको पुर्ण बैठकले एक महिनाभित्रमा प्रदेशभित्र जिल्लास्थित समितिहरु गठन गर्ने र त्यसपछि प्रदेश अधिवेशन गर्ने निर्णय गरेको योङहाङले बताएका छन् । उपभोक्ताको हित संरक्षणमा खुलेका सम्पूर्ण उपभोक्ताबादी संघसंस्थाहरुको छाता संगठनको रुपमा महासंघ रहने जनाईएको छ । महासंघको प्रदेश कार्यालय दमक नै रहेको छ ।

महासंघले देशभर नै बिधान अनुसार समितिहरु निर्माणलाई तिब्रता दिएको महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले बताएका छन् । महासंघ आम नेपालीहरुको साझा र विश्वासयोग्य बनाउने आफुहरुको प्रतिबद्धता रहेको पनि उनले बताउदै आएका छन् । महासंघका प्रवक्ता अर्जुन श्रेष्ठका अनुसार महासंघको उपस्थिति पालिकास्तरसम्म रहनेछ । यसले स्थानीय स्तरमा उपभोक्ताहरुको हकहित संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गर्ने र आम नागरिको महासंघ बन्ने पनि उनले बताए ।

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]