बैशाख २६, २०८१ बुधबार

चामल खरिदमा बिर्तामोडका उपभोक्तालाई ६३ हजार छुट

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडले गत असोज महिनादेखि सहुलियतमा चामल विक्रि गर्दै आएको छ । चाडवाड लक्षित विक्रि कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको सूचना अधिकारी धर्मदेव यादवले जानकारी दिए ।

चना अधिकारी यादवका अनुसार माघ २ गतेसम्म आम नागरिकले सहुलियत मुल्यमा चामल खरिद गर्न पाउने छन् । खाद्यले बिर्तामोडबाट तीन किसिमका चामल विक्री गर्दै आएको छ । स्टिम जिरा मसिनो, बासमती र सानो मंसुली चामल विक्रि गरिरहेको यादवले जानकारी दिए ।
स्टिम जिरा मसिनो प्रति केजी रु ६५, बासमती प्रति केजी रु १०७ र सोना मंसुली प्रति केजी रु ४९ मा विक्रि भइरहेको छ । सो मुल्यमा उपभोक्तालाई प्रति केजी ५ रुपैयाँ छुट दिइने यादवले जानकारी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले असोज १ गतेदेखि पुस ५ गतेसम्म मात्रै १२६.३५ क्विन्टल चामल विक्रि गरिसकेको छ । पर्वाेत्सव सहुलियतमा उपभोक्ताले अहिलेसम्म छुट पाइरहेका छन् । सूचना अधिकारी यादवका अनुसार असोजदेखि पुस ५ गतेसम्म चामल खरिदमा उपभोक्ताले ६३ हजार १ सय ७५ रुपैयाँ सहुलियत पाएका छन् । उपभोक्ताले ७ लाख ९८ हजार १ सय २० रुपैयाँको चामल खरिद गरिसकेका छन् ।

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]