बिर्तामोडका व्यवसायी उधोग महासंघमा संगठित, अध्यक्षमा निरौला
बिर्तामोड । नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको प्रथम नगर भेलाले युवा व्यवसायी विवेक निरौलालाई अध्यक्षमा चयन गरेको छ । बिहीवार बिर्तामोडमा आयोजित भेलाले निरौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा युवराज निरौला, उर्मिला खरेल विमली, सचिवमा गोमा भट्टराई, सहसचिवमा प्रेम पौडेल, किरण पौडेल र कोषाध्यक्षमा उपेन्द्र बाँनियाँलाई चयन गरिएको हो ।

बिर्तामोडका अधिकांश व्यवसायी भेला भएको सो कार्यक्रमबाट ६५ सदस्यीय कमिटी गठन गरिएको नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार बिर्तामोड क्षेत्रमा व्यापारी व्यवसायीको हकहितका लागि यहि महासंघले सशक्त रुपमा काम गर्नेछ ।
भेलामा सहभागी व्यवसायीका नेताहरुले वाणिज्य संघ कमजोर बन्दै गएकाले व्यापारी व्यवसायीको हकहितका लागि नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघलाई प्रभावकारी रुपमा चलायमान गरिने बताएका छन् । उनीहरुले वाणिज्य संघ भन्दा क्रियाशिल भएर काम गर्नुपर्ने बताए । भेलामा महासंघका नेताहरु रोशन अग्रवाल, भीष्म खरेल, प्रह्लादमणि ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।