जेष्ठ ६, २०८१ आईतबार

ज्येष्ठ चौतारीमा बुढापाकालाई बसिब्याँलो गर्न सहज

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजारस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकसँगै रहेको ज्येष्ठ चौतारीमा दिनहुँ स्थानीय बासिन्दाहरुको चहलपहल भइरन्छ । कोहि पत्र–पत्रिका पढ्न आउँछन् । कोहि चोतारीमा बसेर थकाइ मार्न आउँछन् ।

प्रायः जसो नगरक्षेत्रका ज्येष्ट नागरिकहरुको जमघट भई कुराकानी गरेर बसिब्याँलो गर्ने स्थल रुपमा ज्येष्ठ चौतारी रहेको स्थानीय बताउँछन् । वि.स. २०७० सालमा स्थानीय ज्येष्ठ नागरिकहरुको भेलाले ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज नामक संस्था गठन गरिएको संस्थापक सदस्य तिलक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार गणेश प्रसाई अध्यक्ष , जयप्रसाद पौडेल उपाध्यक्ष , मोहन काफ्ले सचिब लगायत रहेको संस्थाले आधिकारिक मान्यता पाइसकेको छ । स्थापनाकाल देखि संस्थाले सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
२०४२ सालमा स्थानीय धार्मिक व्यक्तित्व दुर्गाप्रसाद , पद्मजादेवी र लक्ष्मी खरेलबाट प्रदान गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकद शालिक संस्थाले २०७३ सालमा स्तरोन्नति गरेको थियो । यसअघि उक्त देवकोटा प्रतिमा करीब ६ मिटर तल जिर्णोद्वार अवस्थामा रहेको थियो । मिलन समाजले प्रत्येक सालमा नगर भित्र रहेका ८० बर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।
त्यस्तै कुशल बुहारी र साहित्य स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताइएको छ । अर्जुनधारा नगरपालिकाको सहयोगमा समाजले जाडो महिनामा गरीब दुःखीहरुलाई ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्दै समाजका वर्तमान अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए । संस्थाको अतिरिक्त कार्यक्रम तिहारको लक्ष्मी पूजा दिन देवकोटा जयन्ती , हरेक असार २९ गते भानुजयन्ती विविध कार्यक्रमसाथ मनाउँदै आएको सचिव नरेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।

संस्थामा आवद्ध ज्येष्ठ सदस्यहरुलाई प्रसिद्ध जनकपुरधाम, बुद्धको जन्मस्थल लुम्बिनी , देवघाट र किराँत धर्मावलम्बीको लारुम्बा अवलोकन गराईसकेको उनको भनाइ छ । उनी भन्छन् ज्येष्ठ नागरिक सामुदायिक संस्था सबैको हो । ज्येष्ठ चौतारी सबैको हो । चौतारी बस्नलाई मात्र निर्माण गरेको हैन् । चौतारीमा हरेक कार्यक्रम भइरन्छ । स्थानीय युवाहरुले सांगीतिक कार्यक्रम गर्छन् । संघसंस्थाले रक्तदान कार्यक्रम गर्छन् । दलहरुले आम सभा गर्छन् । यो चौतारी एकलौटी होइन । साझा चौतारी हो ।

२०७३ सालमा संस्थाले देवकोटाको स्तरोन्नति र ज्येष्ठ चौतारी निर्माण गरेको बताइएको छ । देवकोटाको जिर्णोद्वार शालिक स्तरोन्नति र ज्येष्ठ चौतारी निर्माण गर्दा ८ लाख रुपैयाँ लागत लागेको बताइएको छ । उक्त निर्माण कार्यमा अर्जुनधारा नगरपालिका तथा स्थानीय दाताहरुबाट आर्थिक सहयोग र चौतारीलाई चाहिने ग्रील बेन्च १५ थान र १ थान घर्रासहित टेबल दाताहरुबाट प्राप्त भएको संस्थाका सदस्य तारानिधि भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : पुष ९, २०७८ शुक्रबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]