बैशाख २५, २०८१ मंगलबार

बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गर्नुभएको हो ।

“बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताउनुभयो । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उहाँको भनाइ छ । पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढङ्गले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : पुष १०, २०७८ शनिबार  १२ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]