बैशाख १२, २०८१ बुधबार

पूर्व विधार्थी तिम्सिनाद्वारा शैक्षिक सामग्री सहयोग

कनकाई । झापाको बाह्रदशी-७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयका लागि अत्यन्तै उपयोगी सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका विच दाता परिवारका तर्फबाट नरप्रसाद र प्रविण तिम्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिना र प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीलाई एकैसाथ सामग्री हस्तान्तरण गरेका हुन् ।

तिम्सिनासहितका दाता परिवारका तर्फबाट विद्यालयलाई एक थान रंगिन प्रिन्टर र एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ । विद्यालयका विद्यार्थी साथै शिक्षक शिक्षिकालाई आवश्यक्ता अनुसारको चिसो तातो पिउने पानीका लागि वाटर डिस्पेन्सर अति उपयोगी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाले बताए ।

प्रकाशित मिति : पुष १२, २०७८ सोमबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]