बैशाख ६, २०८१ बिहीबार

सुन चाँदीको मूल्य घट्यो

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : पुष १५, २०७८ बिहीबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]