बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा खुल्यो मिट माउण्ट : शुद्धिकरण गरेको मासु पाइने

बिर्तामोड । झापाको बिर्तामोडमा मिट माउण्ट सञ्चालनमा आएको छ । सबै प्रकारका उपभोग्य मासु विक्रिका लागि मार्ट सञ्चालनमा ल्याइएको हो । जिल्लामै ठुलो दावी गरिएको मार्टले एकै ठाउँबाट स्वस्थ्यकर र सबै उपभोग्य मासु उपभोग्य गराउने भएको छ ।

वधशाला र मासु विक्रि कक्ष व्यवस्थित गरेकोको मार्टले महिला उद्यमी समुहले सञ्चालन गरेको इलामको देवभूमि बहुउद्देश्यीय कृषि फार्म र झापाको पूर्वी किरण कृषि फार्मसँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । झापाको मुख्य बजार बिर्तामोडको माग अनुसार भाउजु मिट मार्ट प्रालि सञ्चालनमा ल्याएको सञ्चालक विष्णु खरेलले जानकारी दिए । औपचारिक रुपमा मार्टले १७ गते उद्घाटनपछि सेवा प्रारम्भ गर्नेछ ।

आफ्नै फार्मबाट उत्पादित पुशपंक्षीलाई उपभोक्तासम्म सहजै पुराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको खरेलको भनाई छ । उनले स्वास्थ्य परीक्षण गरिएका र मासुलाई शुद्धिकरण गरेर मात्रै उपभोक्ताई विक्रि गरिने जानकारी दिएका छन् ।
उपभोक्ताको मागलाई मध्यनजर गर्दै मार्टले जिउदो पशुपंक्षी तथा माछा समेत उपलब्ध गराउने छ । उचित मुल्य, सरसफाई र स्वच्छताको ग्यारेण्टी सहित सेवा प्रदान गर्ने बताइएको छ । मार्टले आधुनिक प्रविधि र औजारको प्रयोग गर्ने जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड अनुसारको मिट मार्ट सञ्चालन गरिएको बताउँदै सञ्चालक खरेलले मार्टमा खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल, लोकल कुखुरा, बोइलर, टर्की, अष्ट्रिज, कालिज, हाँस, बट्टाई, लौकाट, कडकनाथ कुखुरा, कमन कार्प, माछा, लोकल कुखुराको अण्डा, बट्टाईको अण्डालगायतका माछामासु उपलब्ध गराइने जानकारी दिए ।

प्रकाशित मिति : पुष १५, २०७८ बिहीबार  २ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]