बैशाख ७, २०८१ शुक्रबार

पूर्वाञ्चल क्यान्सर अस्पतालले थाल्यो ‘मोड्युलर ओटी’ सेवा

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालमा अत्याधुनिक ‘मोड्युलर आपरेशन थिएटर’ सेटअप सञ्चालनमा ल्याइएको छ । अपरेशन गरेका बिरामीलाई संक्रमणको जोखिम न्यूनिकरण गर्न पूर्व मै पहिलो पटक मोड्युलर ओटी जडान गरिएको अस्पतालले जनाएको छ । यसलाई पर्वमै पहिलो पटक सञ्चालनमा ल्याइएको दावी गरिएको छ ।

??????

अस्पतालले मेजर अपरेशनका लागि ४ वटा र माइनर अपरेशनका लागि एउटा ओटी सेटअप गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । ओटी कक्षभित्र स्टील वाल जडान गरिएको र हाइ इफिसिएन्सी पार्टीकुलेट एयर (हेपा) फिल्टर जडान गरिएकाले ०.३ माइक्रोनभन्दा ठूला वस्तु नछिर्ने भएकाले अपरेशन कक्ष विरामीका लागि संक्रमणका दृष्टिले अत्यन्तै सुरक्षित रहेको डाक्टर राजु श्रेष्ठले जानकारी दिए । अपरेशन कक्षभित्र प्रयोग हुने औषधी लगायतका बाह्यवस्तुहरु युभी लाइटको माध्यमबाट डिस्इन्फेक्सन गरेरमात्र प्रयोग गरिने डा. श्रेष्ठको भनाई छ ।

यस किसिमको अपरेशन कक्षमा अपरेशन गरिएको बिरामीलाई लामो समय अस्पताल राख्न नपर्ने र संक्रमण नहोस भनेर दिइने औषधीसमेत कम मात्रामा प्रयोग गर्दा हुने डाक्टर विरेन्द्र यादवले बताए । अस्पतालको भित्तामा डिजिटल एक्सरे लाइट प्रयोग गरिएको र प्रकाशको मात्रा आवश्यकता अनुसार प्रयोग गरि एक्सरे रिपोर्ट हेर्न मिल्ने डा. यादवले जानकारी दिए ।
विरामी र रोगको अवस्था हेरेर अब अस्पताल गएकै दिन अपरेशन गर्न सकिने डाक्टरको भनाई छ । सामान्य अपरेशन थिएटरमा अपरेशन गरेर विरामीको अस्पताल बसाई, औषधीको प्रयोग, कुरुवाको समयआदि हिसाब गर्ने हो भने मोड्युलर अपरेशन थिएटरमा अपरेशन गर्दा खर्च कम लाग्ने अस्पतालका जनसम्पर्क प्रमुख प्रमिस गिरीले जानकारी दिए ।

अस्पतालले बिहीबार नै एक जना विरामीको पित्तथैलीको अपरेशन गरेर उक्त कक्षको उद्घाटन गरेको गिरीले बताए । अस्पतालले चाँडै मृगौला लगायत अंग प्रत्यारोपण कार्य शुरु गर्ने भएकाले अत्याधुनिक अपरेशन कक्ष बनाउनु परेको निर्देशक प्रसाईले जानकारी दिए । अपरेशन कक्ष निर्माण तथा उपकरण खरिद र जडानमा करिब ५० करोड खर्च भएको प्रसाईको भनाइ छ । प्रसाईका अनुसार अब सबै खाले आर्थिक अवस्था भएका विरामीको अपरेशन यहि अत्याधुनिक अपरेशन थिएटरबाट हुनेछ ।

प्रकाशित मिति : पुष २२, २०७८ बिहीबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]