बैशाख ६, २०८१ बिहीबार

हल्दिवारीको गौरव : लोकतान्त्रिक स्मृति पार्क (फोटो फिचर)

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा रहेको लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माणको चरणमा छ ।

गत आर्थिक वर्षदेखि निर्माण शुरु भएकोे सो पार्क हल्दिवारीको गौरवको आयोजना हो ।
बहुबर्षे आयोजना अन्तर्गत निर्माण भइरहेको पार्कका लागि प्रदेश सरकारको तर्फबाट १ करोड प्राप्त भएको थियो । अहिले गाउँपालिकाले १ करोड बजेट बिनियोजन गरेको छ ।


निर्माण कै क्रममा रहेको स्मृति पार्कमा चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटकको आगमन शुरु भए पनि पार्क क्षेत्रभित्र आधारभूत पूर्वाधार निर्माण भएको छैन । आन्तरिक पर्यटकले शौचालय र खानेपानी कै अभाव व्यहोर्नु परेको छ ।

भेलागुडसी सामुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय स्थलमा सुरक्षा संवेदनशील रहेको पाइएको छ । अहिले त्यहाँ दिनभर विभिन्न ठाउँबाट युवाहरुको भीड लाग्ने गरेपछि आन्तरिक पर्यटक त्रासमा पर्ने गरेका छन् ।


शनिवार त्यहाँ पुगेका पर्यटकले तत्काल सुरक्षाकर्मी र सीसी क्यामराको व्यवस्था गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]