बैशाख १५, २०८१ शनिबार

खोप अभियान सुस्त

काठमाण्डाै – सरकारले यही महिनाभित्र ६६ प्रतिशत लक्षित नागरिकलाई खोप दिने भनेर लिएको लक्ष्य पूरा नहुने देखिएको छ । ‘खोप अभियान’ सुस्त हुँदा लक्ष्य पूरा नहुने देखिएको हो । अहिलेसम्म ५५ प्रतिशत लक्षित नागरिकले मात्र पूर्ण खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार दैनिक एक लाखदेखि तीन लाखसम्मले खोप लगाइरहेका छन् ।

१८ वर्षमाथिका लक्षित जनसङ्ख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो डोज र ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

वाग्मती प्रदेशमा ७७ प्रतिशतले पहिलो र ७४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै प्रदेश-१ मा ६७ प्रतिशतले पहिलो र ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने लुम्बिनी प्रदेशमा ७२ प्रतिशतले पहिलो र ५१ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कर्णालीमा पहिलो डोज लगाउने ५५ प्रतिशत र पूर्ण खोप लगाउनेको सङ्ख्या ४४ प्रतिशत छ । यसैगरी सुदूरपश्चिममा ६२ प्रतिशतले पहिलो र ५४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

सबैभन्दा कम प्रदेश-२ मा ५० प्रतिशतले पहिलो र ३९ प्रतिशतले पूर्ण डोज लगाएका छन् । अहिलेसम्म देशभर कुल जनसङ्ख्याको ३६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । कुल जनसङ्ख्याको ४० प्रतिशतले पूर्ण खोप लगाएपछि बुस्टर या अतिरिक्त खोप लगाउने सरकारको तयारी छ ।

प्रकाशित मिति : पुष २४, २०७८ शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]