चैत्र १५, २०८० बिहीबार

कोरोनाका कारण माइमेला नलाग्ने

बिर्तामोड । माघ १ र २ गते लगाइने माइ मेला रोकिएको छ । बढ्दो कोरोना संक्रमणका कारण मेला रोकिएको कनकाई नगरपालिकाले जनाएको छ ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृहले प्रशासनलाई सिफारिस गरेपछि माई मेला समेत स्थगित गरिएको हो । कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले भेला बैठकमा रोक लगाएपछि कनकाई नगरपालिका समेतले सो निर्णय कार्यान्वयन गर्ने भएको हो ।

कनकाई नगरपालिकामा आज बसेको कनकाई र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निर्णय गरेको छ । बैठकले माई मेला नलगाउने निर्णय गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : पुष २६, २०७८ सोमबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]