बैशाख १२, २०८१ बुधबार

अर्जुनधारामा उत्कृष्ट बुहारीलाई सम्मान

इन्द्र कुमार राई

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा उत्कृष्ट बुहारीहरुलाई सम्मान गरेको छ । मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा नगरक्षेत्र भित्रका ११ जना उत्कृष्ट बुहारीलाई सम्मान गरिएको हो ।

समाजद्वारा मंगलबार स्थानीय ज्येष्ठ चौतारीमा आयोजित पृथ्वीनारायण शाहको जन्मजयन्ती समारोह तथा उत्कृष्ट बुहारी सम्मान कार्यक्रम अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यतामा विमला तिम्सिना ,भिमकला खतिवडा ,रमादेवी खतिवडा ,गीता कार्की ,पार्वता खतिवडा ,उमादेवी भट्ट ,मनमाया आले मगर, बिन्दा दाहाल घिमिरे ,गोमा भट्टराई ,मिना श्रेष्ठ र यमुना बाँस्कोटा चिमरियालाई सम्मान गरिएको संस्थाका सचिव नरेन्द्र तिम्सिनाले जानकारी दिए । सम्मानित हुनेहरुलाई सम्मान –पत्र सहित प्रतिव्यक्ति नगद एक हजार ५ रुपैयाँले पुरस्कृत गरिएको छ । संस्थाले बिगत ४ बर्ष अघि देखि नगरक्षेत्रभित्र रहेका परिवारहरुमा गृहस्थी बुहारीले घरको कामकाज गर्नुमा निपुर्णता हुनुका साथै परिवारका सासू–ससुरा , जेठाजु– जेठानी , नन्द, देवर – देउरानी लगायतप्रति संधै असल व्यवहार गर्ने महिलालाई प्रोत्साहन स्वरुप उत्कृष्ट बुहारीको रुपमा सम्मान गर्दै आएको छ ।

सो कार्यक्रमबीच समाजका हस्त परियार र हरिप्रसाद काफ्लेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचित गीत प्रस्तुत गरेका थिए भने गंगाप्रसाद घिमिरेले कविता वाचन गरेका थिए । संस्थाका उपाध्यक्ष लोकनाथ पौड्यालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि राना, पूर्व मन्त्री विरमणी ढकाल , अर्जुनधारा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख यमुना पौडेल , समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनाम , सम्मानित तर्फबाट मिना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले पृथ्वीनारायण शाहको जन्मजयन्ती कै अवसरमा साँझ शनिश्चरे बजारस्थित देवकोटा चोकमा दिप प्रज्वलन गरेको छ ।

प्रकाशित मिति : पुष २९, २०७८ बिहीबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]