जेष्ठ ७, २०८१ सोमबार

घिमिरेको विविध ज्ञान वाटिका विमोचन

अर्जुनधारा । छन्द कवि मोहनप्रसाद घिमिरेको विविध ज्ञान वाटिका काव्य संग्रह एक कार्यक्रमका बीच बिहीवार विमोचन गरिएको छ ।
अर्जुनधारा नगरपालिका अन्तर्गत भाषा, कला , साहित्य तथा संस्कृति प्रवद्र्धन समितिद्वारा नगरपालिकाको सभाहलमा आयोजित काव्य संग्रह विमोचन कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार गणेश निरौलाले पुस्तक विमोचन गरेका हुन् । सोही अवसरमा लेखक घिमिरे , पूर्व प्राध्यापकद्वय लोकनाथ पौड्याल, बेनुप्रसाद पनेरु लगायतले आआफ्ना रचनाहरु वाचन गरेका थिए ।

त्यस्तै स्थानीय गीत तथा संगीतकार हरिप्रसाद काफ्लेले अर्जुनधारा नगरको जय –जयकार मनाउँ भन्ने गीत प्रस्तुत गरेका थिए । लेखक घिमिरेको यसअघि कविता संग्रह अर्जुनधारा जलेश्वरधाम महिमा , पराग वसन्त , गद्य संग्रह ईलाम झापाका केही चम्किला तारा ,नेपाली बीतक शास्त्रिय छन्द नव्य रसामृत , सरल नेपाली गरुड पुराण र विभिन्न पुस्तक , पत्रपत्रिका रचना प्रकाशित भइसकेको छ । लेखक घिमिरे अर्जुनधारा नगरपालिका – ८ का स्थायी निवासी हुन् ।

भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिका संयोजक शुशिला सुवेदीको सभापतित्व रहेको विमोचन कार्यक्रममा प्रमुख अतिथि निरौलाले काव्य पुस्तक अनुकरणीय र प्रशंसनीय भएको बताएका छन् । झापा जिल्ला साहित्य क्षेत्रको राजधानी भएको उनको भनाइ थियो । विमोचन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना , उपप्रमुख कमला खतिवडा आचार्य , साहित्यकार गोपाल संग्रौला, बद्रीप्रसाद ओली , नगरपालिका वोर्ड सदस्य रमेश त्रिखत्री,ज्ष्ठ नागरिक सामुदायिक मिलन समाजका अध्यक्ष राम प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]