चैत्र १५, २०८० बिहीबार

अपार फाउण्डेसन बिर्तामोडद्वारा बालबालिकालाई खाद्यन्न सहयोग

बिर्तामोड । झापाको कनकाई नगरपालिका– १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यन्न सामग्री सहयोग गरेको छ ।

शारिरीक रुपमा अशक्त एवं सुस्त मनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ मूल्य बराबरको चामल,दाल,तेल, चिनी,चना मटर लगायतका खाद्यन्न सामग्री सहयोग स्वरुप वितरण गरेको अपार फाउण्डेसनकी अध्यक्ष तथा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले बताइन् । अध्यक्ष मैनालीले वृद्ध र अनाथहरु भन्दा पनि सुस्त मनस्थिति भएका बालबालिकालाई हेर्न निकै कठिन हुने भएकाले खाद्यन्न सहयोग गरेको जानकारी दिइन् ।

फाउण्डेसनले गरेको सहयोग बालबालिकाहरुको लागि र संस्थाको लागि निकै महत्वपूर्ण रहेको भन्दै कनकाई नगरपालिका १ का वडाअध्यक्ष रोशन पोखरेलले धन्यवाद व्यक्त गरे । खाद्यन्न सहयोग कार्यक्रममा बोल्दै सुस्त मनस्थिति सरोकार समाजकी संस्थापक अध्यक्ष शान्ता पोखरेलले अपारको सहयोगले थप हौसला मिलेको भन्दै खुशी व्यक्त गरिन् ।

अपार फाउण्डेसनले बिहीबार नै महिलाहरुको जिवनस्तरलाई उकास्नको लागि भाक्का बनाएर बेच्ने महिलाहरुलाई पनि रकम सहयोग गरेको छ । राष्ट्रिय भाक्का दिवसको अवसरमा विर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा भाक्का बनाउने ३८ जना महिलाहरुलाई जनही ५०० रुपैयाँका दरले १९ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]