बैशाख ६, २०८१ बिहीबार

योगी नरहरिनाथको शालिक अनावरण

कनकाई – झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरिनाथको शालिक अनावरण गरिएको हो ।

झापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश स्तम्भसमेत शिलान्यास गरिएको छ । पानीको फोहोरासहितको आकर्षकस्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्धकदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य गर्नुभएको हो ।

कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि सङ्घीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामेरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]