जेष्ठ ७, २०८१ सोमबार

पूर्वार्ध कृषि सहकारीको साधारणसभा : अध्यक्ष, उपाध्यक्षको बेग्लाबेग्लै प्रतिवेदन सार्वजनिक

इन्द्र कुमार राई

अर्जुनधारा । झापा जिल्ला सहकारी संघका सदस्य ढुण्डीराज गुरागाइँले हाल पूर्वार्ध कृषि सहकारी संस्था तथा पूर्वार्ध डेरी उद्योग समुन्नत ढंगले संचालन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले राज्यबाट प्राप्त अनुदान र जनताको लगानीको उचित सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गरेका छन् ।

संस्थाले शुक्रबार डेरी उद्योग परिसर आयोजना गरेको १२ औ बार्षिक साधारणसभामा अध्यक्ष र उपाध्यक्षले प्रस्तुत गरेको छुट्टाछुट्टै समानान्तर प्रतिवेदन माथि गुरागाइँले टिप्पणी गर्दै यस्तो आग्रह हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरागाइँले जनताले लगानी गरेको पैसा पाई–पाई देखाउनु पर्छ । जनता र राज्य सम्पति हिनामिना संस्थाका जो –कोहीले गरेमा कानुनी आधारमा जरिवानासहित दण्ड सजाय हुने भन्दै सचेत गराए । संस्थाले १५ दिनभित्र विशेष साधारणसभा बोलाएर स्वच्छ र सक्षम नेतृत्व चयन गरि संस्थालाई सहि ढंगले अगाडि बढाउन उनले शेयर सदस्यहरुलाई सुझाव दिएका छन् ।

साधारणसभामा संस्थाका अध्यक्ष कमल बहादुर भण्डारी र उपाध्यक्ष नमिता विमलीले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष विमलीले अध्यक्ष भण्डारीप्रति लक्षित गरि प्रतिवेदनमा असन्तुष्टि व्यक्त गरिन् । अध्यक्ष भण्डारीले पदमा रहेर आफूले अनियमितता नगरेको प्रतिवेदनमा उल्लेख गराएका छन् ।

साधारणसभामा अध्यक्ष र उपाध्यक्षको प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा पूर्व सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कागज यताउता कुदाएर संस्था संचालन गर्न असम्भव भएको बताउँदै पूर्वार्ध डेरी उद्योगमा आफूले निःस्वार्थ लगानी गरेको बताए । उनले भने , त्यत्रो पैसा कहाँ पुराएर के गरे , डेरीको दूध बोक्ने गाडीहरु कहाँ छन् ? मेरो सम्पति थियो र आफू यो संस्थामा डुबे तर, सर्वसाधारण जनता पनि डुब्ने भएकोमा उनले दुःख व्यक्त गरे । संस्था पारदर्शी तरिकाले राम्रो संचालन गरेमा डेरी उद्योगले भोक्दै आइरहेको जग्गा संस्थाको नाम पास गरिदिने प्रतिवद्धता गरेका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले सहकारी ऐन पृष्ठभूमि अवगत गराउँदै संस्थाको प्राविधिक समस्या तत्काल हल गरि संस्थालाई बढाउन सुझाव दिए । संस्थाका शेयर सदस्य मदन बुढाथोकीले संस्थाको आय स्रोत हुँदाहँुदै संस्था धरासायी भएको बताए ।
संस्थाको विशेष साधारणसभा आगामी माघ १५ गते गरिने बताइएको छ । अध्यक्ष भण्डारीको सभापतित्व र डम्बरबहादुर प्याकुरेलले संचालन गरेको कार्यक्रम संचालक समिति सदस्य पुष्प रेग्मी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : माघ १, २०७८ शनिबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]