बैशाख १३, २०८१ बिहीबार

आज चार हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिर्तामोड । पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ । पछिल्लो समय थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार तीन पुगेको छ । सङ्क्रमणमुक्त हुनेदर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म ११ हजार ६१७ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासीपूर्व, बाँके र रुपन्देही रहेका छन् ।

नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा २० हजार ५३६, संस्थागत आइसोलेशनमा एक हजार ४८, आइसीयूमा ११९ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ । चार लाख बढीले लगाए खोप विगत २४ घण्टामा चार लाख ३५ हजार १९३ जनाले खोप लगाएका छन् । हालसम्म पहिलो मात्रा एक करोड ५८ लाख १४ हजार ३८३ र पूर्णमात्रा एक करोड २० लाख ९९ हजार ८०५ जनाले लगाइसकेका छन् ।

प्रकाशित मिति : माघ १, २०७८ शनिबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]