बैशाख २७, २०८२ शनिबार

रबि लामिछानेलाई थप ५ दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।

प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार  ५ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]