बैशाख २४, २०८२ बुधबार

पाथिभरा गोल्डकप : झापाको रेड स्टार क्लब सेमिफाइनलमा

ताप्लेजुङ । पाथिभरा गोल्डकपको क्वार्टरफाइनलमा झापाको रेड स्टार क्लब गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा भएको थियो । रेड स्टारका जर्सी नम्बर ११ का खेलाडी योगेश गुरुङले दोश्रो हाफको ६ मिनेट तथा खेलको ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

गोर्खा स्पोर्टिङ क्लबबाट ३ जना विदेशी खेलाडी खेलेका थिए भने श्रीस्टार क्लबबाट खेल्ने पूर्ण चेम्जोङ, विजय धिमाल र अशोक खवास, मनाङ मर्स्याङ्दीबाट खेल्ने सुरज वि.क. तथा दिपक राई पनि टिममा रहेका थिए ।

रेड स्टारबाट विवश चौधरी, दिवश उराउ, निशान लिम्बूलगायतका चर्चिच खेलाडी थिए । आजको खेलमा म्यान अफ् द म्याच रेड स्टार क्लब झापाका किपर विवश चौधरी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आजको विजेता रेड स्टार क्लब झापा र रेड हर्स क्लब इलामबीच हुने आयोजक समितिका सह–सचिव टिकेन्द्र नेपालीले बताउनुभयो ।

प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]