चैत्र १५, २०८० बिहीबार

झापासहित १४ जिल्ला ‘रेड जोन’ मा : स्वास्थ्य मन्त्रालय

बिर्तामोड । झापासहित देशभरका १४ वटा जिल्लालाई रेड जोनमा राखिएको छ । ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लालाई सरकारले रेड जोनमा राखेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन,काभ्रे, मकवानपुर,बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]