बैशाख १४, २०८१ शुक्रबार

झापा नेत्रहीन संघद्वारा पशुचौपाय वितरण

बिर्तामोड । झापा नेत्रहीन संघले स्वरोजगार प्रवद्र्धनका लागि गाई,बाख्रा र बंगुर वितरण गरेको छ । संघले बिहीवार एक कार्यक्रमको आयोजना गरि दृष्टिबिहीन तथा अपंगता भएका व्यक्तिहरुलाई पशुचौपाय वितरण गरेको हो ।

बिर्तामोड नगरपालिकाको संयोजन तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको नेत्रहीन संघ झापाको अध्यक्ष यसोदा बरालले जानकारी दिइन् । उनका अनुसार ३ वटा गाई, १८ बाख्रा र ७ वटा बंगुर वितरण गरिएको छ ।

वितरण गरिएका पशुचौपाय प्राप्त गर्ने दृष्टिबिहीन अपांगता भएका व्यक्तिहरुले एक वर्षभित्र २५ प्रतिशत संघलाई फिर्ता गर्नुपर्ने बताइएको छ । उनीहरुले फिर्ता गरेपछि अन्य व्यक्तिलाई वितरण गरिने सचिव भोजराज घिसिङले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा प्रसाईले पशुचौपाय वितरण गरेकी हुन् । उनले पशुचौपाय वितरण गर्दै त्यसको उचित स्याहार गरेर मनग्ये आम्दानी लिन सूझाव दिइन् । संघले वितरण गरेको गाई, बाख्रा र बंगुरको बीमा गरेर सुरक्षित हुन उनको आग्रह थियो ।
कार्यक्रममा पशु तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, कार्यपालिका सदस्य द्रोपदा गणेश लगायतले शुभकामना मन्तव्य राखेका थिए । वितरण गरिएका गाई,बाख्रा र बंगुरलाई पशु शाखाले तत्कालै रोग प्रतिरोधात्मक खोप पीपीआर लगाएको थियो ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]