जेष्ठ ७, २०८१ सोमबार

सर्वदलीय बैठकमा सबै दलहरुलाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाकाबारेमा पनि जानकारी गराउँदै थप उपचारका लागि आज सिंगापुर जान लागेको जानकारी गराउनुभयो ।

आफ्नो उपचारका लागि यसअघि दुई डोज औषधि लिइसकेको र थप एक डोज लिन बाँकी रहेको जानकारी गराउनुभएको थियो । उहाँले सिंगापुरबाट फर्केर आएपछि फेरि सर्वदलीय छलफल गर्ने बताउनुभयो । बैठकमा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट भएर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी भएका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी सहभागी भएका थिए भने समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी थिए । त्यसैगरी राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी थिए ।

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]