बैशाख १४, २०८१ शुक्रबार

अर्जुनधारामा अत्यावश्यक सेवा बाहेक बन्द

शनिश्चरे । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिसअनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।

नगर प्रमुख हरिकुमार रानाले हस्ताक्षर गरेको सूचनामा शनिश्चरे अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गत नियमित औषधि सेवन गर्ने तथा ५ वर्ष मुनिका बालबालिकाका लागि मात्र बहिरंग सेवा नियमितरुपमा सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै, नगरपालिका, वडा कार्यालय र विषयगत सेवा केन्द्रहरुमा न्यूनतम सेवा प्रदायक उपस्थित भइ सेवा प्रवाह गर्ने, अत्यावश्यकबाहेकका अन्य सेवाहरु माघ १४ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ । उक्त अवधिमा सम्पूर्ण शाखाहरुले झ्यालबाटै सेवा प्रवाह गर्ने भएको छ ।

प्रकाशित मिति : माघ ९, २०७८ आईतबार  ५ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]