जेष्ठ ६, २०८१ आईतबार

लगातार चौथो दिन पनि शेयर बजार राताम्मे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ । गएकाे आइतवारदेखि लगातार घटिरहेको नेप्से आज ३८ दशमलव ४२ अङ्कले घटेर दुई हजार सात सय ७६ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहकाे शेयर दुई सय ९८, निर्जीवन बीमा समूहकाे शेयर एक सय ४६, विकास बैंक समूहकाे शेयर ८४ र माइक्राेफाइनान्स समूहकाे शेयर ६३ अङ्कले घटेकाे छ । 

आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज पोखरा फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । 

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]