जेष्ठ ४, २०८१ शुक्रबार

सामूहिक खेतीमा झापाका कृषक आकर्षित

झापा । पछिल्लो समय सामूहिक खेतीतर्फ झापाका कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि झापाका कृषक सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् ।


सरकारले सामूहिक खेती गर्ने कृषकलाई कृषि औजार र मल–बीउ खरीदमा विशेष प्राथमिकता दिँदै आएको छ । समूहमा खेती गर्नेलाई स्थानीय, प्रदेश र संघीय सरकारले बजेटमै विशेष अनुदानका कार्यक्रम ल्याएका छन् । झापाको कनकाई र झापा गाउँपालिकाका कृषक सामूहिक खेतीमा जुटेका छन् ।

दुई स्थानीय तहको सिमाना पर्ने कनकाई–५ र झापा–६ का ४० भन्दा बढी कृषक सामूहिक खेतीमा जुटेका हुन् । यी दुई स्थानीय तहका कृषकले एकलभन्दा पनि सामूहिक खेती गर्दा सहजतासँगै फाइदा हुने निष्कर्ष निकालेर त्यसतर्फ अग्रसर भएका हुन् । प्रगति पथ कृषि सहकारी संस्थामार्फत त्यहाँका कृषकले हाल ६५ बिघामा धानखेती लगाइरहेको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताए ।


६२ बिघामा रोपाइँ गरिसकेका छौँ, उनले भने, अब एक/दुई दिनभित्रमा रोपाइँ सकिन्छ । दैनिक ३८/४० जना रोपार लगाएर धान रोपाइँ भइरहेको जानकारी दिएका छन् । संस्थामा खनजोतका लागि दुई ट्र्याक्टर भए पनि अन्य कृषि औजार नभएकाले केही समस्या भएको उनको भनाइ थियो । बीउ काढेको प्रतिमुठ्ठा पाँच र रोपारलाई दैनिक ५०० रुपैयाँ ज्याला दिने गरिएको जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]